सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी प्रतिनिधिसभामा विजयी
शनिबार, १० मङ्सिर २०७९, ०९ : १३
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए ।
यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक÷एक स्थानमा विजयी भएको छ । प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक सदस्यमा जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण