पाकिस्तानी तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भंग गरेको घोषणा
पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ ।
‘विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमणहरू गर्नु आवश्यक छ’ सोमबार राति टीटीपीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौँको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान (टीटीपी) समूह जिम्मेवार छ । सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो ।
काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ । जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ति झडप भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण