हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ?
विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । हालसम्म साबिक विजेता फ्रान्ससँगै ब्राजिल र पोर्चुगलले नकआउट चरणमा आफ्नो स्थान बनाएका छन् ।
शनिबार डेनमार्कलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको थियो । ४८ घण्टापछि ब्राजिल र पोर्चुगलले पनि आ–आफ्नो खेलमा जीत हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । अब अन्तिम चरणका खेलहरूले बाँकी १३ टोलीको टुङ्गो लगाउने छ ।
आयोजक कतार मात्र दुई खेलपछि प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस्तै, समूह एफबाट क्रोएसियासँग पराजित हुँदै क्यानडा पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
आज पनि विश्वकपमा ४ खेलहरू हुँदैछन् । जसमा समूह ’ए’ र समूह ’बी’ का दुई÷दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ’ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुँदैछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण