सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए ।
महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन्। उनले नेकपा एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी हुन् ।
जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गगरिन् ।
“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण