सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए ।
महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन्। उनले नेकपा एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी हुन् ।
जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गगरिन् ।
“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार