धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित
मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ०३
मंसिर ४ को निर्वाचनमा एमालेका शीर्ष नेताले पराजय भोग्नुपर्दा धनुषा जिल्लामा भने एमालेका दम्पती उम्मेदवार नै निर्वाचित भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका रघुवीर महासेठ धनुषा–४ उनकी पत्नी पोलिटब्युरो सदस्य समेत रहेकी जुली महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । जुलीले ३३ हजार ३८८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६६८ मतमात्र पाएका छन् ।
धनुषा ३ मा जुली लोसपाका नेता अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् भने ४ बाट रघुवीर कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतको झिनो अन्तरले हराउन सफल भएका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण