धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित
मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ०३

मंसिर ४ को निर्वाचनमा एमालेका शीर्ष नेताले पराजय भोग्नुपर्दा धनुषा जिल्लामा भने एमालेका दम्पती उम्मेदवार नै निर्वाचित भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका रघुवीर महासेठ धनुषा–४ उनकी पत्नी पोलिटब्युरो सदस्य समेत रहेकी जुली महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । जुलीले ३३ हजार ३८८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६६८ मतमात्र पाएका छन् ।
धनुषा ३ मा जुली लोसपाका नेता अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् भने ४ बाट रघुवीर कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतको झिनो अन्तरले हराउन सफल भएका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त