ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए ।
ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–० गोलको अग्रता दिलाए ।
यता दक्षिण कोरिकाका लागि खेलको ७६औं मिनेटमा पिक सेउङले गोल गरेपनि ब्राजिलले ४–१ गोलको जित निकाल्न सफल भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना