विश्वकप फुटबल : प्रि–क्वटारफाइनलका अन्तिम दुई खेल आज
मङ्गलबार, २० मङ्सिर २०७९, ०६ : १०

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि यही योजना हुनेछ ।
आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता स्वीजरल्यान्डको पनि यही योजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित