लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण गर्ने बन्दुकधारीलाई २१ वर्ष जेल
लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन् ।
सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वटा फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो । आक्रमणकारीहरुले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो । तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो ।
आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो । फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए । उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए । गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट बाहिरिएला ह्वाट्सएप ?
-
पार्टी फुटको हल्ला निराधार : नेकपा एकीकृत समाजवादी
-
प्रोलिफिक स्कुलका प्रिन्सिपलमाथि शिक्षा ऐनविरुद्ध कसुरमा अनुसन्धान हुँदै
-
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय
-
गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ
-
अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता