विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा
शुक्रबार, २३ मङ्सिर २०७९, १७ : १७

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द