लमजुङका निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा
हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालाई धन्यवाद व्यक्त गर्न गाउँगाउँ पुगेका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पृथ्वी सुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख) मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुगेका हुन् ।
निर्वाचनअघि मत माग्न गाउँ पुगेका उनीहरू निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुगेका छन् ।
प्रदेश सभा (क)मा निर्वाचित डा. टकराज गुरुङ र प्रदेश सभा (ख)मा निर्वाचित भेषबहादुर पौडेलले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण