विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज
शनिबार, २४ मङ्सिर २०७९, ०९ : ३१

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।
यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
-
लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
-
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन
-
वज्रपात
-
१४ वर्षमै कथा लेखेकी हिरण्यकुमारीको लेखन–यात्रा