प्लेयर टू वाच : रुबेन डियास, पोर्चुगल
डियास बेनफिकाको युथ सिस्टमबाट आएका हुन् । उनी हाल इङ्ग्लिस महारथि म्यानचेस्टर सिटीसँग आबद्ध रहेका छन् । सन् २०२०–२१ को पहिलो सिजनमा उनको क्षमता र रणनीतिक कुशलताले धेरेको ‘वर्षको टोली’ मा आफ्नो स्थान बनाउन सफल भएका थिए ।
‘मैले अनुबन्ध गरेका धेरै उत्कृष्ट खेलाडीहरुमध्ये उनी एक हुन्,’ म्यानेजर पेप गवार्डिओला डियासको बारेमा भन्छन्, ‘उनी हरेक कुरा सटिक होस् भन्ने चाहन्छन् जुन मैदानमा पनि स्पष्ट देखिन्छ । उनी आफू त राम्रो खेल्छन् नै आफू वरपर रहेकालाई पनि राम्रो खेल्ने बनाउँछन् । उनी सधैँ आफ्नो लागि भन्दा पनि टिमका लागि खेल्ने गर्दछन् ।’
सन् २०१७ देखि २०२० सम्म बेन्फिका लागि उनले ९१ खेल खेलेका उनले सिटीका लागि ७३ खेल खेलिसकेका छन् । बेन्फिकामा रहँदा उनले लिग उपाधि जितेका थिए पनि सिटीसँग पनि उनी दुईपटक लिग च्याम्पियन बनिसकेका छन् । सन् २०२०–२१ सिजनमा उनी च्याम्पियन्स लिगको उपविजेता टोलीका सदस्य थिए । पोर्चुगलसँग उनले सन् २०१८–१९ को युईएफए नेसन्स लिगको उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण