शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

बुधबार, २८ मङ्सिर २०७९, ०८ : ५३
बुधबार, २८ मङ्सिर २०७९

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिन सूचनामार्फत आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप