प्लेयर टू वाच : एन्टोनी ग्रिजमान, फ्रान्स
पारम्परिक नम्बर १० को भूमिकामा देखिने एन्टोनी ग्रिजमानले फ्रान्सको टोलीलाई रचानात्मकता प्रदान गर्दछन् । विपक्षी टोलीको डिफेन्सलाई चिर्दै गोलका लागि अवसर सिर्जना गर्नका उनी माहिर छन् ।
सन् २०२२ को विश्वकपमा उनले फ्रान्सका लागि सबैभन्दा बढी गोलको अवसर सिर्जना गरेका छन् । दुईवटा विश्वकपमा १० वटा बढी गोलको अवसर सिर्जना गर्ने उनी एक्लो खेलाडी हुन् । फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि दिलाउँदा उनले १० वटा गोलका अवसरहरू सिर्जना गरेका थिए । यो विश्वकपमा उनले सो आँकडा पार गरिसकेका छन् ।
सन् १९९१ मार्च २१ मा फ्रान्सको माकोनमा जन्मिएका ग्रिजमानले आफ्नो सिनियर करियर ला लिगा क्लब रियल सोसिडाडबाट सुरु गरेका हुन् । सन् २००९ देखि २०१४ सम्म सोसिडाडका लागि १८० खेल खेल्दै उनले ४६ गोल गर्न सफल भएका थिए । सन् २०१४ मा उनी त्यतिबेलाको क्लबका लागि कीर्तिमानी ३ करोड युरोमा एथ्लेटिको मड्रिडमा आबद्ध भए । त्यहाँ पनि उनले १८० खेल खेल्दै ९४ गोल गरे । सन् २०१९ मा बार्सिलोनाले उनलाई कीर्तिमानी १२ करोड युरोमा खरिद गर्‍यो । तर, त्यहाँ भने उनी राम्ररी जम्न सकेनन् । बार्साका लागि ७४ खेलमा २२ गोल गरेका उनी सन् २०२१ मा पुनः ऋणमा एथ्लेटिको फर्किए ।
ग्रिजमानले यूईएफए युरोपा लिग, यूईएफए सुपर कप र सुपरकोपा डे स्पानाको उपाधि जितेका छन् । उनी सन् २०१६ र २०१८ को बालोन डि’ओर र बेस्ट फिफा मेन्स प्लेयरका लागि मनोनीतसमेत भएका थिए । उनी ला लिगाको उत्कृष्ट खेलाडीसमेत घोषित भइसकेका छन् ।
फ्रान्सका लागि अन्डर–१९ टोलीबाट उनले सन् २०१० को युरोपियन च्याम्पिनसीपको उपाधि जितेका छन् । सन् २०१४ मा २२ वर्षको उमेरमा फ्रान्सका लागि डेब्यू गरेका ग्रिजमानले ११५ खेल खेल्दै ४२ गोल गरिसकेका छन् । सन् २०१८ को फिफा विश्वकपमा उनले प्रतियोगिताको तेस्रो उत्कृष्ट खेलाडी बन्दै ब्रोन्ज बल प्राप्त गरेका थिए । फाइनल खेलमा फ्रान्सले विश्वकप जित्दा उनी म्यान अफ द म्याच समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण