मोरक्कोको जर्सी ‘सोल्डआउट’
उत्तर अफ्रिकन टोली मोरक्कोले सफलता पछि अहिले कतार दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ । पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् ।
कतार विश्वकप सकिन केही समय मात्रै बाँकी छ । आज मोरक्कोले फाइलनमा प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्दै छ । मध्यरातमा हुने दोस्रो सेमिफाइनलको विजेताले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै फाइनल पुगिसकेको छ ।
तर, दोस्रो सेमिफाइनलअघि दोहाका आइकोनिक मार्केटमा मोरक्कोको जर्सी सकिएका छन् । केहि दिनअघिसम्म प्रमुख शहरको भित्तामा झुन्डिएका जर्सी अहिले सकिएको छ । विश्वकप सुरु भएदेखि कतारमा अर्जेन्टिना र ब्राजिलको जर्सीको रंगले भरिएको थियो ।
अब भने कतारका शहरहरुमा मोरक्कोको रातो जर्सी देखिन थालिएको छ । ‘जब मोरक्कोले खेल जितेको छ । हजारौ जर्सी खरिद भइरहेका छन् । अहिले भने जर्सी सकिएको छ,’ दोहास्थित एक सुपरमार्केटका मोहमद सादिक भन्छन् ।
मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । यसअघि क्यामरुन, घाना र सेनेगल अन्तिम आठमा पुगेपछि अन्तिम चारमा पुगेका थिएनन् । समूहमा विजेता बन्दै प्रिक्वार्टरफाइनल पुगेको मोरक्कोले स्पेन र पोर्चुगललाई नकआउट चरणमा पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण