सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड

बिहीबार, २९ मङ्सिर २०७९, ०९ : २२
बिहीबार, २९ मङ्सिर २०७९

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।

बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो । 

ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो । 

वालिद रेग्रागुईको टोली विश्वकपको फाइनलमा पुगेर इतिहास रच्ने प्रयासमा रहेको बेला एन–नेसरीको यो रेकर्ड बनेको हो । खेलमा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । अब मोरक्कोले शनिबार क्रोएसियासँग तेस्रो स्थानको प्लेअफमा भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप