मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड
बिहीबार, २९ मङ्सिर २०७९, ०९ : २२
फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।
बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो ।
ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।
वालिद रेग्रागुईको टोली विश्वकपको फाइनलमा पुगेर इतिहास रच्ने प्रयासमा रहेको बेला एन–नेसरीको यो रेकर्ड बनेको हो । खेलमा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । अब मोरक्कोले शनिबार क्रोएसियासँग तेस्रो स्थानको प्लेअफमा भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण