बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नाफिजको अध्यक्षमा पुनः ढकाल निर्वाचित

बिहीबार, २९ मङ्सिर २०७९, १२ : ३२
बिहीबार, २९ मङ्सिर २०७९

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा मोद ढकालको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित भएको छ । बुधबार सम्पन्न १३ औं वार्षिकोत्सव तथा छैटौं महासभाबाट नाफिजमा ढकालको नेतृत्वमा २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

ढकालले १०५ मत ल्याएर नाफिजको अध्यक्षमा दोस्रो पटक निर्वाचित बनेका हुन् । उनका प्रतिस्पर्धी भुवन आचार्यले २३ भोट ल्याए । आचार्य रेडियो नेपालमा आबद्ध छन् । यस्तै, उपाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचिन बनेका छन् । उनीहरूले क्रमशः ८२ र ९२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षका प्रतिस्पर्धी इन्द्र बानिँयाले ४९ मत ल्याएका थिए ।

यसैगरी, महासचिवमा अनलाईन खबरका नविन ढुंगाना, सचिवमा नेपालखबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, सदस्यहरूमा रातोपाटीका निकेश खत्री (७५ मत), अनलाईनखबरका विजय पराजुली (७१ मत), सेतोपाटीकी सबिना कार्की (६७ मत) र नेपाल प्रेसका राजाराम न्यौपाने (४८ मत)सहित विजय भएका छन् ।

यसबाहेक, कारोबार दैनिकका परिवर्तन देवकोटा (भोला)ले ४२ मत ल्याए । नयाँ पत्रिकाका मिलन विश्वकर्माले ४१ मत ल्याउँदा, शिलापत्रका सुधीर भण्डारीले ३८, बिजपाटीका निरोजकुमार थापाले २० ल्याएका छन् । यस्तै, कर्पोरेट नेपालका नविन पोखरेलले २० मत ल्याउँदा न्यूज एजेन्सी नेपालका अनिश मिजारले १९ मत ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप