नाफिजको अध्यक्षमा पुनः ढकाल निर्वाचित
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा मोद ढकालको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित भएको छ । बुधबार सम्पन्न १३ औं वार्षिकोत्सव तथा छैटौं महासभाबाट नाफिजमा ढकालको नेतृत्वमा २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
ढकालले १०५ मत ल्याएर नाफिजको अध्यक्षमा दोस्रो पटक निर्वाचित बनेका हुन् । उनका प्रतिस्पर्धी भुवन आचार्यले २३ भोट ल्याए । आचार्य रेडियो नेपालमा आबद्ध छन् । यस्तै, उपाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचिन बनेका छन् । उनीहरूले क्रमशः ८२ र ९२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षका प्रतिस्पर्धी इन्द्र बानिँयाले ४९ मत ल्याएका थिए ।
यसैगरी, महासचिवमा अनलाईन खबरका नविन ढुंगाना, सचिवमा नेपालखबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, सदस्यहरूमा रातोपाटीका निकेश खत्री (७५ मत), अनलाईनखबरका विजय पराजुली (७१ मत), सेतोपाटीकी सबिना कार्की (६७ मत) र नेपाल प्रेसका राजाराम न्यौपाने (४८ मत)सहित विजय भएका छन् ।
यसबाहेक, कारोबार दैनिकका परिवर्तन देवकोटा (भोला)ले ४२ मत ल्याए । नयाँ पत्रिकाका मिलन विश्वकर्माले ४१ मत ल्याउँदा, शिलापत्रका सुधीर भण्डारीले ३८, बिजपाटीका निरोजकुमार थापाले २० ल्याएका छन् । यस्तै, कर्पोरेट नेपालका नविन पोखरेलले २० मत ल्याउँदा न्यूज एजेन्सी नेपालका अनिश मिजारले १९ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण