सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फाइनलअघि फ्रान्सका मुख्य खेलाडी अस्वस्थ

शनिबार, ०२ पुस २०७९, ०९ : ३१
शनिबार, ०२ पुस २०७९

फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ । सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्दैछ ।

फाइनल खेलअघि भने फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । फ्रान्सका दुई मुख्य खेलाडीले फाइनल गुमाउने सम्भावना भएको फ्रान्स२४ ले जनाएको छ ।

फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे फायनल खेलअघि अस्वस्थ भएका छन् । उनीहरुलाई राइरलले सताएको बताइएको छ । दुई खेलाडीले फाइनल खेल्ने या नखेल्ने भन्ने विषयमा अहिलसम्म निक्र्याेल निस्केको छैन् ।  

यसअघि मिडफिल्डर एड्रियन राबियोट र डिफेन्डर डेओट उपमेकानो पनि सेमिफाइनलमा भएको मोरक्कोविरुद्धको खेलमा घाइते भएका थिए । दुबै खेलाडी शुक्रबारको प्रशिक्षणमा फर्की सकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप