विश्वकप फाइनलअघि फ्रान्सका मुख्य खेलाडी अस्वस्थ
शनिबार, ०२ पुस २०७९, ०९ : ३१
फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ । सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्दैछ ।
फाइनल खेलअघि भने फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । फ्रान्सका दुई मुख्य खेलाडीले फाइनल गुमाउने सम्भावना भएको फ्रान्स२४ ले जनाएको छ ।
फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे फायनल खेलअघि अस्वस्थ भएका छन् । उनीहरुलाई राइरलले सताएको बताइएको छ । दुई खेलाडीले फाइनल खेल्ने या नखेल्ने भन्ने विषयमा अहिलसम्म निक्र्याेल निस्केको छैन् ।
यसअघि मिडफिल्डर एड्रियन राबियोट र डिफेन्डर डेओट उपमेकानो पनि सेमिफाइनलमा भएको मोरक्कोविरुद्धको खेलमा घाइते भएका थिए । दुबै खेलाडी शुक्रबारको प्रशिक्षणमा फर्की सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण