गच्छदारले भेटे रेशम चौधरीलाई
नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले शनिबार दिउँसो डिल्लीबजार कारागारमा रेशम चौधरीलाई भेटेका छन् । भेटमा गच्छदारले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले राम्रो स्थान ल्याउन सफल भएकोमा पार्टीका संरक्षक रेशमलाई बधाई दिएका थिए ।
गच्छदारले आफूले गठन गरेको फोरम लोकतान्त्रिक पार्टीलाई धेरै अगाडिसम्म डोर्‍याउन नसकेको तर नागरिक उन्मुक्ति पार्टीले लामो उडान भरोस् भनेर शुभकामना पनि दिएका थिए ।
अध्यादेशको पक्षमा सबै सरोकारवालाहरुसँग छलफल गर्ने, अध्यादेशको पक्षमा सडक आन्दोलनलाई निरन्तरता दिने तथा थारुहरूलाई अपराधी देख्नेहरूको भण्डाफोर गर्न गाउँ गाउँमा अभियान चलाउनमा नागरिक उन्मुक्ति पार्टीले थारु कल्याणकारिणी सभा (थाकस) सँग सहकार्य गरिरहेको छ ।
रेशम चौधरी लगायतको रिहाइको लागि ल्याइएको अध्यादेशको पक्षमा आफू पनि साथमै उभिएको गच्छदारले रेशमलाई धाडस दिलाए । स्मरण रहोस् काँग्रेसका केन्द्रीय सदस्यहरू रामजनम चौधरी, योगेन्द्र चौधरी, डा गोपाल दहित, काँग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, कल्पना चौधरी लगायतले हालै ल्याइएको अध्यादेशको पक्षमा रहेको थाकसको विज्ञप्तिमा हस्ताक्षर गरेर ऐक्यबद्धता समेत जनाएका छन् ।
थाकसले अध्यादेशको पक्षमा दबाब दिन आफ्ना चौबीसै जिल्ला समितिलाई पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण