बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एक गम्भीर

सोमबार, ०४ पुस २०७९, ११ : २१
सोमबार, ०४ पुस २०७९

चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

 राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २ -०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। 

ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप