आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर-गगन समूहको बैठक जारी, संसदीय समितिको नेतामा जुट्ला सहमति ?

मङ्गलबार, ०५ पुस २०७९, ०९ : १८
मङ्गलबार, ०५ पुस २०७९

नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बसिरहेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसिरहेको हो । 

बैठक आज बिहान ८ बजेदेखि काठमाडौंको एक होटलमा बसिरहेको छ । दुवै नेता आ आफ्नो अडानमा रहेकोले सहमति जुटाउन इतरपक्षलाई सकस भइरहेको छ । 

संसदीय दलको निर्वाचनका लागि आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप