चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न, स्नातक तहको कहिले ?
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोष्टग्रेजुएट लेभल) अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) सम्पन्न गरेको छ । यहि पुष २,३ र ४ गते गरी काठमाडौं उपत्यकाभित्रका २७ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो ।
परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । परीक्षामा सहभागी हुने परीक्षार्थी, निरीक्षक, सुरक्षाकर्मी, सहायक केन्द्राध्यक्ष, केन्द्राध्यक्ष, समन्वयकर्ता, सुपरीवेक्षक, पर्यवेक्षक लगायत सरोकारवाला सबैलाई आयोगले धन्यवाद समेत दिएको छ ।
परीक्षा प्रक्रियाको क्रममा आयोगलाई विभिन्न सुझाव, गुनासा र संवेदनशील जानकारी प्राप्त भएको आयोगले जनाएको छ । त्यसमाथि आयोग गम्भीर रूपमा अन्तरभूत गरी सम्बोधनको आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जनाएको छ । परीक्षा सम्पन्न भएसँगै नतिजा प्रकाशनको प्रक्रिया अगाडि बढाइएको समेत आयोगले जनाएको छ ।
स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न गरेको आयोगले स्नातक तहको परीक्षाका लागि भने ढिलाई गरेको छ । आफ्नै वार्षिक कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन ।
कात्तिकको तेस्रो हप्ता प्रवेश परीक्षा सूचना प्रकाशन गर्ने कार्यतालिका थियो । तर, पुषको पहिलो हप्ता सकिन लाग्दा समेत आयोगले सूचना निकाल्न सकेको छैन । आयोगले केही दिनमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।
निर्वाचनका कारण सूचना प्रकाशन लगायतका काममा ढिलाइ भएको आयोगले जनाएको छ । आवेदन सूचना प्रकाशन कार्यतालिका भन्दा ढिला भए पनि परीक्षा हुने तोकिएको कार्यतालिका अनुसार नै हुने आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण