बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा देखिएको ओमिक्रोन सबभेरियन्ट बीएफ.७ कति घातक ?

बिहीबार, ०७ पुस २०७९, १० : १६
बिहीबार, ०७ पुस २०७९

चीनमा कोभिडका बढ्दो केसका लागि सम्भावित रूपमा कोरोनाको ओमिक्रोन सबभेरियन्ट बीएफ.७ लाई जिम्मेवार मानिएको छ । अहिलेसम्म भारतमा यो सबभेरियन्टका तीनवटा केस भेटिएका छन् । समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। 

पीटीआईका अनुसार गुजरात बायोटेक्नोलोजी रिसर्च सेन्टरमा अक्टोबरमा पहिलो बीएफ।७ केस प्रकाशमा आएको थियो । हालसम्म गुजरातबाट दुई र ओडिशाबाट एक केस रिपोर्ट गरिएको छ।

यता समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो सबभेरियन्ट फेला परेका दुई जना अहिले निको भएको बताएको छ। बुधबार स्वास्थ्यमन्त्री मनसुख मण्डावियासँगको भेटमा विज्ञहरुले मुलुकमा कोभिडका केसहरु अझै नबढेको तर सतर्कता बढाउनुपर्ने सुझाव दिएका छन् । साथै, नयाँ भेरियन्टहरूको अनुगमन र ट्र्याकिङ गर्नुपर्ने बताएका छन् ।

यो नयाँ सबभेरियन्ट के हो ?
जब कुनै भाइरसले आफूलाई परिवर्तन गर्छ, यसले नयाँ श्रेणी (वंश) वा उप(श्रेणी सुरु गर्छ । बीएफ.७ BA.5.2.1.7 को अघिल्लो संस्करण मात्र होइन। यो ओमिक्रोनको सबवेरियन्ट BA.5​ बाट उत्परिवर्तन (ब्रेकिङ) गरेर बनेको हो।

यो महिना ‘सेल होस्ट एण्ड माइक्रोब’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित एउटा लेखमा यसलाई यसको वास्तविक संस्करणभन्दा चार गुणा बढी प्रतिरोधात्मक क्षमता भएको भाइरसको रूपमा वर्णन गरिएको छ। जसको अर्थ प्रयोगशालामा संक्रमित वा खोप लगाइएका मानिसहरूमा बीएफ.७ लाई नष्ट गर्ने क्षमता कम हुन्छ। 

यो सबभेरिएन्टका कारण यतिबेला चीनमा संकट गहिरिँदै गएको विश्वास गरिन्छ । यस भेरियन्टमा संक्रमणको क्षमता धेरै बलियो भएको बताइएको छ । केही रिपोर्टहरूका अनुसार, यो सबभेरियन्टले पहिले नै संक्रमित व्यक्ति वा खोप लिएका मानिसहरूलाई संक्रमित गर्न सक्छ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप