नेपाल बार एशोसिएशनले ६७ औँ स्थापना दिवस मनायो
बिहीबार, ०७ पुस २०७९, १२ : ४८
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ ।
उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बारले काम गर्दै आएको बताए। बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवसका अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण