शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘क्रिसमस ईभ’ को रौनक, तस्बिरमा हेरौँ

शनिबार, ०९ पुस २०७९, १८ : ४३
शनिबार, ०९ पुस २०७९

 

आइतबार संसारभर क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँदैछन् । नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । 

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । यस वर्ष सबैलाई सार्वजनिक बिदा दिइएको छ । 

शनिबार​ क्रिसमसको पूर्वसन्घ्यामा ईशाई धर्मालम्वीले क्रिसमस ईभ मनाइरहेका छन् । विभिन्न चर्चमा भेला भएर एक अर्कालाई शुभकामना दिँदै मनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप