कर्णाली प्रदेशसभा : जेष्ठ सदस्य एमालेका शाहले लिए शपथ
सोमबार, ११ पुस २०७९, ११ : ५२
कर्णाली प्रदेशसभाका जेष्ठ सदस्य एमालेका विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् । शाह ६६ वर्षका भए । उनी एमाले प्रदेश अध्यक्ष हुन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अब अन्य सदस्यहरूलाई शपथ खुवाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अन्य सांसदहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ ।
शपथ ग्रहण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, लगायतका अन्य नवनिर्वाचित सांसदहरुको सहभागिता पनि रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण