डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।
‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ । डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
बुटवल स्थित टेलिकम कार्यालय अगाडिबाट सुन सहित पक्राउ परेका किसन बिकसँग उनले ‘घुस’ लिएको आरोप छ । किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाल सुन फिर्ता गरे बापत उनले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे ८ लाख नगद र साढे ९ लाखको चेक बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण