कर्णालीमा एमाले संसदीय दलको नेता आजै टुङ्ग्याउने तयारी
कर्णाली प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेता आज टुङ्ग्याउने भएको छ । त्यसका लागि दिउँसो १ बजे बैठक बस्ने तयारी एमाले प्रदेश कमिटीले गरिरहेको छ । एमाले सांसद टेकराज पछाईका अनुसार सकेसम्म सर्वसम्मत तरिकाले दल नेता चयन गर्ने तयारी भइरहेको छ । दल नेताका लागि एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् ।
शाहले यसअघिदेखि दल नेताको लागि सम्भावित व्यक्तिमा आफू पर्ने बताउँदै आएका थिए । तर एमालेभित्र कँडेलको विकल्प तत्कालका लागि नभएको एमालेभित्र एक थरी नेताहरूले भनिरहेका छन् ।
कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका हुन् ।
०७४ मा २० सिटसहित पहिलो दल हुँदा पनि एमालेले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेको थिएन । ४० सिट रहेको प्रदेश सभामा एमालेलाई सरकार बनाउन १ सिट अभाव थियो ।
यो पटक एमाले तेस्रो दलको हैसियतमा छ । १० सिट रहेको एमालेमा कँडेल विकल्पमा दल नेताको दाबी गरिरहेका शाह निकट स्रोतले आफ्नो पक्षमा बहुमत सांसद रहेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण