शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विनोद शाह ब्याक हुँदा यामलाल कँडेल सर्वसम्मत दलको नेतामा चयन

बुधबार, १३ पुस २०७९, १४ : ३३
बुधबार, १३ पुस २०७९

कर्णाली प्रदेश सभा एमाले संसदीय दलको नेतामा  एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्।  दल नेतामा दाबी गरिरहेका  एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह ब्याक भएपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् ।

कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका थिए । ०७४ मा २० सिटसहित पहिलो दल हुँदा पनि एमालेले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेको थिएन । ४० सिट रहेको प्रदेश सभामा एमालेलाई सरकार बनाउन १ सिट अभाव थियो ।  यो पटक एमाले १० सिटसहित तेस्रो दलको हैसियतमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप