नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन, को हुन् शर्मा ?
कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा राजकुमार शर्मा (आर्ट) सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो । दल नेताका लागि चार जनाको दाबी रहेको थियो । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् ।
शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका शर्मा पहिलो पटक संसदमा प्रवेश गरेका हुन् । शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए । ०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका उनी सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्दथे । त्यसपछि २०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि राजतन्त्र विरुद्धमा वकालत गर्दै राजनीतिमा उदाएका थिए ।
शर्मा स्कुल पढ्दाताका ०४३ सालमा सदरमुकाम पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएर काम गरेपछि उनी राजनीतिमा बिस्तारै आफ्नो प्रभाव बढाउँदै गए । ०४६ मा आएर उनले मोटो मसालको पार्टी सदस्यता प्राप्त गरे । त्यो बेलामा सबैले पार्टीको सदस्यता पाउन सक्ने वातावरण थिएन । ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका थिए ।
०५४ साबिक कर्णालीका जिल्लाहरूमा विभिन्न कमाण्डको नेतृत्व सम्हालेका शर्मा ०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे । ०६१ दैलेख झरेका उनी शान्ति प्रक्रियासम्म दैलेखमा रहेर काम गरेका थिए । शान्ति प्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे । त्यो भनेको दाङ–कञ्चनपुर राज्य ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन् ।
शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण