जीललाई पाँच पटक प्रोपोज गरेका थिए जो बाइडेनले
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९७७ मा विवाह गर्नुअघि आफ्नी श्रीमती जील बाइडेनलाई पाँच पटक प्रपोज गरेको खुलासा गरेका छन् । हलिउड अभिनेत्री ड्र्यु ब्यारीमोरले आयोजना गरेको ‘द ड्रिउ ब्यारीमोर शो’ को एक एपिसोडमा अमेरिकी राष्ट्रपतिले उक्त कुरा स्वीकार गरेका हुन् ।
सीएननद्वारा ट्विटरमा अपलोड गरिएको अन्तर्वार्ताको क्लिपमा ड्र्यु ब्यारीमोरले राष्ट्रपतिलाई के उनले साँच्चै पहिलो महिलालाई पाँच पटक आफ्नो प्रेम प्रस्ताव गरेका थिए र के ले उनलाई मोहित गर्यो भनेर प्रश्न गरेका थिइन् ।
बाइडेनले भने, ‘जब म उनीसँग पहिलो पटक बाहिर गएँ, मलाई थाहा थियो कि उनी असल महिला हुन । मैले साँच्चै प्रस्ताव गरें ।’ पहिलो नजरको प्रेममा विश्वास गर्नुहुन्छ कि भनेर सोध्दा राष्ट्रपतिले जवाफ दिए, ‘म गर्छु ।’ राष्ट्रपतिले थप भने कि उनी आफ्नो जीवनमा दुई पटक मात्र प्रेममा परेका थिए र दुबै पटक उनले ‘तुरुन्त’ थाहा पाए ।
जो बाइडेनकी पहिलो पत्नी निलिया र उनकी एक वर्षीया छोरी नाओमीको सन् १९७२ मा कार दुर्घटनामा मृत्यु भएको थियो । यसपछि, जो बाइडेन एकल अभिभावक बनेका थिए र आफ्ना दुई छोराहरूलाई हुर्काउँदै राजनीतिक करियरमा पनि काम गरिरहेका थिए । आफ्ना छोरा बिउ र हन्टरले जिलसँग प्रस्ताब गर्न प्रोत्साहन गरेको बाइडेनले स्मरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण