सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आजको दिन : वुहानमा कोभिडदेखि सौर्य मण्डलमा दुर्लभ घटनासम्म

शनिबार, १६ पुस २०७९, ०६ : ५०
शनिबार, १६ पुस २०७९

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :

नाइजेरियामा कु
सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालीन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालीन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन
सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिडले विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ ।

अमेरिकाद्वारा पानामा क्यानल पानामलाई हस्तान्तरण
लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा क्यानललाई सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो ।

सौर्य मण्डलमा दुर्लभ घटना
सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो । सो दिन ब्लू मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो । सौर्यमन्डलमा अव यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप