रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
शनिबार, १६ पुस २०७९, ०९ : २६
विद्युतीय तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ। स्थानीय गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
गाउँ छेउको तरहारी खोलामा विद्युतीय तार प्रयोग गरि माछामार्ने क्रममा शुक्रबार साँझ पटेल लाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए । मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
जाडोयाममा रौतहटका अधिकांश युवाहरू विद्युतीय तारको प्रयोग गरि करेन्ट लगाएर लालबकैया, बागमती, तरहारी लगायत नदि खोलामा माछा मार्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण