बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

चौबीस घन्टामा अठार तालिवान मारिए

बुधबार, १६ भदौ २०७२, ०२ : ५४
बुधबार, १६ भदौ २०७२

समाचार सारांश

  • अफगानिस्तानको गृहमन्त्रालयका अनुसार २४ घण्टामा १८ जना तालिबान विद्रोही मारिए।
  • अफगान सेना र प्रहरीको कारबाही नानगाहार लगायतका विभिन्न प्रान्तमा जारी छ।
  • नेटो सैनिकले तालिबानसँगको युद्धमा भाग नलिने तर अफगान सुरक्षाबललाई तालिम दिनेछन्।

काबुल  – अफगानिस्तानको गृहमन्त्रालयले अफगानिस्तानमा गएको २४ घन्टायता कम्तीमा पनि १८ जना तालिवान विद्रोही मारिएका जनाएको छ ।

अफगान राष्ट्रिय प्रहरी र सेनाको सहयोगमा गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा जारी कारबाहीका क्रममा कम्तीमा १८ जना आतङ्ककारी मारिएका अफगानिस्तानको गृहमन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गृहमन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।

अफगानिस्तानमा तालिवानको बढी प्रभाव रहेको मानिने प्राय क्षेत्रहरु नानगाहार, लाघमान, पर्वान, तखार, कुन्दुज र फर्याब, सारी ई पुल, बल्ख, जबुल ओरुज्गान, मैदान, वार्दाक, खोस्त, पाक्टिया र हेलमान्ड प्रान्तमा जारी कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप