चौबीस घन्टामा अठार तालिवान मारिए
सारांश
- अफगानिस्तानको गृहमन्त्रालयका अनुसार २४ घण्टामा १८ जना तालिबान विद्रोही मारिए।
- अफगान सेना र प्रहरीको कारबाही नानगाहार लगायतका विभिन्न प्रान्तमा जारी छ।
- नेटो सैनिकले तालिबानसँगको युद्धमा भाग नलिने तर अफगान सुरक्षाबललाई तालिम दिनेछन्।
काबुल – अफगानिस्तानको गृहमन्त्रालयले अफगानिस्तानमा गएको २४ घन्टायता कम्तीमा पनि १८ जना तालिवान विद्रोही मारिएका जनाएको छ ।
अफगान राष्ट्रिय प्रहरी र सेनाको सहयोगमा गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा जारी कारबाहीका क्रममा कम्तीमा १८ जना आतङ्ककारी मारिएका अफगानिस्तानको गृहमन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गृहमन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।
अफगानिस्तानमा तालिवानको बढी प्रभाव रहेको मानिने प्राय क्षेत्रहरु नानगाहार, लाघमान, पर्वान, तखार, कुन्दुज र फर्याब, सारी ई पुल, बल्ख, जबुल ओरुज्गान, मैदान, वार्दाक, खोस्त, पाक्टिया र हेलमान्ड प्रान्तमा जारी कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण