सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

संविधान घोषणापछि सोचेजस्तो भएनः प्रचण्ड

सोमबार, ०४ माघ २०७२, १२ : २०
सोमबार, ०४ माघ २०७२

कैलाली– एमाओवादी अध्यक्ष प्रचण्डले संविधानको घोषणापछि देश विकास तर्फ जाने आफूहरुले सोचेको भएपनि त्यस्तो हुन नसकेको स्वीकार गरेका छन् ।

‘थारु आन्दोलन र मधेस आन्दोलनको सामना गर्नुप¥यो त्यस्तै संविधानको घोषणा पछि नाकाबन्दीको सामना गर्नुप¥यो र गरिरहेका छौं । हामीले मात्र होइन, विश्वले समेत कल्पाना गरेको थिएन कि आफैंले आफ्नो संविधान निर्माण गर्दा यस्तो समस्याको सामना गर्नुपर्छ भनेर’, कैलालीको धनगढीमा जिल्लाका प्रमुखहरुसँगको भेटमा प्रचण्डले भने । प्रचण्डले यो बेला देशमा आइपरेका अप्ठ्यारासँग जुध्ने र एकतावद्ध भएर देश निर्माण गर्ने समय भएको पनि बताए । अध्यक्षले भने , ‘कुनै पनि राष्ट्रको जीवनमा अप्ठ्याराहरु आउँछन्, ति अप्ठेराहरुले नराम्रा कुराहरु मात्र लिएर आउँदैनन् सकारात्मक कुराहरु पनि सँगै आएका हुन्छन् ।’ थारु आन्दोलन, मधेस आन्दोलन लगायतका विषयहरु देशका आन्तरिक विषय भएको बताउँदै प्रचण्डले यसलाई आन्तरिक ढंगले छलफल र वार्ताद्वारा हल गर्ने जानकारी दिए ‘नकारात्मक परिस्थितिलाई सकारात्मक परिणाम निकाल्ने हिसाबले हामीले सामना गर्ने सोचका साथ अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘आन्दोलनरत मधेशवादी मोर्चासँग छलफल भईरहेको छ, समझदारीको नजिक पुग्दैछौं र एउटा निश्कर्षमा पुगिन्छ भन्ने आशा राखेका छौं ।’ मधेसी मोर्चासँग सहमति भएसँगै नाकाबन्दीको समस्या पनि हल हुने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप