सिरहामा शिक्षकमाथि गोली प्रहार
शनिबार, २३ माघ २०७२, १५ : ४०
सिरहा – सिरहामा एक शिक्षकमाथि गोली प्रहार भएको छ । सिरहा र धनुषा जिल्लाको सीमाक्षेत्रमा पर्ने कमलापुलमा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट ब्रहरामाल गाविस ३ का ३५ वर्षीय राम सुगारथ महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।
पेट पाखुरा र कोखमा गरी तीन ओटा गोली लागेका उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । बन्दीपुरमा रहेको सहारा पाठशालका शिक्षक महतोमाथि पर्ताहामा भएको पेट्रोल पम्पबाट तेल भरेर फर्किँदै गर्दा कमलापुलमा गोली प्रहार भएको ज्ञवालीले बताए । प्रहरीले गोली प्रहार गर्नेको खोजी भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण