बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि

बिहीबार, ०४ असार २०८३, ०३ : ०२
बिहीबार, ०४ असार २०८३

सारांश

  • दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्याण्डलाई ३–२ ले अगाडि बढाएका छन् ।
  • खेलको ४७ औं मिनेटमा बेलिङ्घमले गोल गरे ।
  • इलियट एण्डरसनले गोलका लागि सुन्दर पास उपलब्ध गराएका थिए ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अत्यन्तै रोमान्चक भिडन्तमा इङ्गल्यान्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अर्थात् खेलको ४७ औँ मिनेटमा स्टार मिडफिल्डर जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई ३–२ को स्थितिमा पुर्‍याएका हुन् । उनलाई इलियट एण्डरसनले गोलका लागि सुन्दर पास उपलब्ध गराएका थिए।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको यस खेलमा बेलिङ्घमको यो गोलले इङ्गल्यान्डलाई फेरि खेलमा हाबी बनाएको छ । इङ्गल्यान्डका लागि यसअघि कप्तान ह्यारी केनले दुई गोल गरिसकेका छन् ।

अहिले आर्लिङ्गटन स्टेडियममा दोस्रो हाफको खेल जारी छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप