विराटनगरमा ब्रेन ट्युमरको सफल शल्यक्रिया
शनिबार, २३ माघ २०७२, १३ : ३७
पथरी (मोरङ) - विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
धनकुटा फलाटे–४ का ६८ वर्षीय मानबहादुर याख्खाको टाउकामा पलाएको (एैजेरु) ट्युमरको अस्पतालका न्यूरो सर्जन डा सुदन ढकालले शल्यक्रिया गर्नुभएको हो ।
साउन महिनादेखि टाउको दुख्ने, बोलेको ठेगान नहुने र बेहोस हुने समस्या देखिएपछि याख्खा गोल्डेन अस्पतालमा उपचारका लागि आउनु भएको थियो ।
अस्पतालका सञ्चालक सनतन मण्डलले शल्यक्रियापछि बिमारीको अवस्था ठिक रहेको जानकारी दिनुभयो । उपचारपछि बिरामी याख्खाले भन्नुभयो, “अहिले म स्फुर्त छु, काम गर्न सक्छु जस्तो लाग्छ ।”
विराटनगरमा ट्युमरको सफल शल्यक्रिया भएपछि उपचारका लागि काठमाडौँ धाउनुपर्ने झन्झटबाट पूर्वाञ्चलबासी मुक्त भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण