बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२ औं सागः स्क्वासमा अरहान्त क्वार्टरफाइनलमा, स्वर्ण जित्नेलाई एक लाख नगद दिने घोषणा

शनिबार, २३ माघ २०७२, १७ : ०४
शनिबार, २३ माघ २०७२

गुवाहाटी– नेपालका स्क्वास खेलाडी अरहान्त किशोर सिंह भारतमा जारी १२ सागको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । गुवाहाटी स्थित सिटी कन्ट्री स्क्वासहलमा शनिबार अरहान्तले बंगलादेशका महमद सोपन फरवेजलाई ३–२ को सेटमा हराए । अरहान्तले १२ –१०, १३ –१५, ९–११, ११–८, ११–५ को नजिता निकाले । क्वार्टर फाइनलमा अरहान्तले पाकिस्तानका नासिर एकवालसँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टर फाइनललमा नासिरलाई हराउन सके अरहान्तको कम्तिमा कांस्य पदक पक्का हुनेछ । ‘धेरै मेहनत गरेको छु’ क्वार्टरफाईनल प्रवेश पश्चात रातोपाटीसँग कुरा गर्दै अरहान्तले भने, ‘पाकिस्तान बलियो छ, तर खेल हो जित्न सक्छु ।’ दुई बर्ष बेलायतको वाइस्लीफे कलेजमा पढेर नेपाल फर्किएका अरहान्त सागको छनोट प्रतियोगीतामा च्यम्पियन भएका थिए । शनिबारकै अर्को खेलमा पहिलो बरियतामा अमृत थापामगर बंगलादेशका मोहमद सुमनसँग ३–२ को सेटमा पराजित भए । पहिलो सेटमा ११–९ को अग्रता बनाएका अमृत दोस्रो र तेस्रो सेटमा क्रमशः ६–११, ५–११ ले पछि परे । चौथो सेटमा ११–३ को अग्रता बनाएपनि अन्तिम सेटमा अमृत ११–५ ले पराजित भएका थिए । प्रतियोगिता अन्तर्गत नेपालले शनिबारनै महिलातर्फ कृष्णा थापाले भारतको जोसना चिनप्पासँग, भावना सुनारले पाकिस्तानकी मारियाटुर पाकिउजिरसँग खेल्नेछन् । नेपाली स्क्वास टोलीका प्रशिक्षक एवं ब्यवस्थापक सुरेष गुरुङले स्क्वासमा नेपालको प्रतिद्वन्दी भारत र पाकिस्तान भएको बताए । ‘ब्यक्तिगत स्पर्धामा हामीलाई गाह्रो छ’ गुरुङले भने, ‘समुह स्पर्धामा नेपालले पदक जित्न सक्छ ।’ स्क्वासमा नेपालबाट चार पुरुष र तीन महिला खेलाडीले भाग लिएका छन् । नेपालले महिला र पुरष दुवैमा ब्यक्तिगत र समुहगत विधामा प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ भेट्रान्स खेलाडी हिरावहादुर थापाले चौथो पटक सागमा प्रतिस्पर्धा गर्दैछन् । सागमा नेपालले हालसम्म महिलाको समुहगत स्पर्धामा कांस्य पदक मात्र जितेको छ । सन् २००६ मा कोलम्बोमा सम्पन्न १० औं सागमा नेपाली महिला टोलीले कांस्य पदक जितेको थियो । उक्त समुहमा कृष्णा थापा, भावना सुनुवार, क्षितिज गुरुङ र मनिदा शाह थिए । कृष्णा र भावना अहिले पनि टोलीमा छन् । यसैबिच दक्षिण एसियाली खेलकुदमा स्वासतर्फ स्वर्ण जित्ने खेलाडीलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरिएको छ । नेपाल स्क्वास एण्ड र्याकेट्स संघका अध्यक्ष किशोर मर्हजनले ब्यक्तिगत तर्फबाट स्वर्ण जित्नें खेलाडीलाई एकलाख, रजतलाई ५० हजार र कांस्यलाई २० हजार रुपैयाँं पुरस्कार दिने घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप