गाईको रथ उद्घाटन गर्दै मन्त्री थापाले भने, ‘हिन्दू राष्ट्र घोषणा गर्न पाउनु हाम्रो अधिकार हो’
भीमदत्तनगर - उपप्रधानमन्त्री कमल थापाले नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापना गर्न सबै नेपाली एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ स्थित शारदापीठ भम्केनी धाममा गाईको मूर्तिसहितको रथ उद्घाटन गर्दै उनले मुलुकको गरिबी र अशिक्षालाई देखेर विदेशी षड्यन्त्रबाट नेपाल धर्मनिरपेक्ष राज्य घोषणा गरिएको आरोप लगाए ।
राप्रपा नेपालका अध्यक्ष थापाले भने, “विश्वमा हिन्दू राष्ट्र हुने क्षमता हामीसित मात्रै छ, हिन्दू राष्ट्र घोषणा गर्न पाउनु हाम्रो अधिकार हो ।” उनले विश्वमा एक अर्ब आठ करोड हिन्दू रहे पनि एउटा पनि राष्ट्र हिन्दू राष्ट्र नभएको जानकारी दिए ।
उनले केही वर्षअघि पूर्वपश्चिम धार्मिक सङ्कल्प यात्राका क्रममा प्रयोग गरिएको गाईको मूर्तिसहितको रथ भम्केनी धामलाई हस्तान्तरण गरे ।
थापालाई अभिनन्दन
सो अवसरमा भक्केनी धाम विकास समितिले थापालाई अभिनन्दन गरेको छ । सो अवसरमा जगद्गुरु मोहनशरण देवाचार्यले थापालाई धार्मिक नेता भएको बताउँदै भम्केनी धामको विकासमा सहयोग गर्न आग्रह गरे । भट्ट परिवारबाट रु नौ लाख सहयोग
सो रथ स्थापना गर्न भीमदत्तनगर नगरपालिका–१८ निम्बुखेडाका केशव भट्टका पाँच दाजुभाइले रु आठ लाख ८० हजार प्रदान गरेका छन् ।
उनीहरुले बुबा स्व भवानीप्रसादको सम्झनामा रथ स्थापना गर्न सो रकम दिएका हुन् । सो अवसरमा भट्ट परिवारलाई समेत सम्मान गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण