जनसत्ताले पास गरेको जग्गा विवाद केही दिनमा समाधान हुन्छ : सापकोटा
सल्यान – एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एव्म वन तथा भू संरक्षण मन्त्री अग्नी सापकोटाले जनसत्तामा पास भएका जग्गाहरुको विवाद समाधान गर्न सरकार लागि परेको बताएका छन् । भूमिसुधार मन्त्री र शिक्षा मन्त्री रहेको कार्यदलले केही दिनमा सकारात्मक निणर्य लिने मन्त्री सापकोटाले बताए । एकिकृत नेकपा माओवादी सल्यानको आयोजनामा थारमारे वागचौरमा आयोजीत शहिद परिवार अभिनन्दन कार्यक्रममा वोल्दै मन्त्री सापकोटाले भने, ‘मध्यपश्चिमका जिल्लामा रहेको यो समस्या समाधानका लागि काम भैसकोछ । केहि दिनमा यसको सकारात्मक नतिजा आउँछ ।’ भूकम्प जाने वित्तिकै विभिन्न शक्ति राष्ट्रहरुले सहयोगको नाममा चलखेल गर्न थालेको अवस्था आफ्नो त्यसका विरुद्धमा नेपालका सबै राजनीतिक दलहरुसँग नयाँ आधारमा नयाँ राष्ट्रिय एकता कायम गरेर राष्ट्रियताको पक्षतमा दह्रो रुपमा उभिएको वताए । उनले भने, ‘ हाम्रो दुःखमा चलखेल गरेर बहुराष्ट्रिय कम्पनीको जस्तो प्रचार प्रसार गरेर हाम्रो राष्ट्रियतामा हस्तक्षेप गरेको जस्तो महशुस भयो ।’ मन्त्री सापकोटाले शहिदका सपनाहरु पुरा गर्न एकिकृत नेकपा माओवादी निरन्तर लागिरहने समेत बताए । उनले भने, ‘जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलब्धीहरुको संविधानमार्फत संस्थागत गर्दे वैज्ञानिक समाजवादको दिशामा आफ्नो पार्टी लागिरहेको छ ।’ विभिन्न धारामा विभाजन भएका माओवादीहरु प्रचण्डको वरीपरि केन्द्रीत हुन थालेका छन्् । पार्टी एकताका लागि पहल भैरहेको छ । यसले छिट्टै एकता भएको देख्न पाऊने र शहिद,वेपत्ता परिवाजनमा खुसी छाउने समय आऊन थालेको सापकोटाले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण