सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काष्ठमण्डप एयरको विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शुक्रबार, १४ फागुन २०७२, १९ : १५
शुक्रबार, १४ फागुन २०७२

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कालीकोटमा आज भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी चालक र सहचालकको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीका तर्फबाट उनका प्रेस सल्लाहकार प्रमोद दाहालले आज विज्ञप्ति प्रकाशन गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शीघ्र स्वास्थ्योपचारको व्यवस्था मिलाउन सम्बन्धिन निकायलाई निर्देशन दिँदै उनीहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप