सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्याक्सीमा छुटेको लाखौं रकम ट्राफिक प्रहरीद्वारा फिर्ता

शुक्रबार, १४ फागुन २०७२, १९ : १७
शुक्रबार, १४ फागुन २०७२

काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा छुटेको सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

बिहीबार बिहान बानेश्वरबाट कलङ्की जाने क्रममा बा१ज ७७०६ नम्बरको ट्याक्सीमा यमलाल सापकोटाको रु दुई लाख, जापानी येन चार हजार ५९२ र एउटा आइप्याड छुटेको थियो । धनीले महाशाखामा दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसिटिभीमार्फत खोजी गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । फेला पारेको सामानलाई आज बिहान सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप