सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार महासंघमा अख्तियारको छापा

शुक्रबार, १४ फागुन २०७२, १९ : २४
शुक्रबार, १४ फागुन २०७२

उदयपुर - उदयपुर पत्रकार महासंघको भवन निर्माणमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । जिविस तथा नगरपालिकाबाट विनियोजन भएको रकम दुरुपयोग भएको भन्दै अख्तियारको ईन्जिनियर सहितको टोलीले विहिबार साँझ ६ बजे भवनको प्राविधिक जाँच गरेका हुन् । पत्रकार महासंघ उदयपुरको शनिबार हुने साधरण सभाको तयारी बैठक चलिरहेको बेला इन्जिनियरको टोली नापजाप गर्न पुगेको महासंघका सदस्य गजेन्द्र राईले बताए । टोलीले जिल्ला विकास कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको सहयोगमा निर्माण गरिएको नेपाल पत्रकार महासंघ सम्बन्धित सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएर गएको जिल्ला विकास समिति स्रोतले जनाएको छ । नेपाल पत्रकार महासंघ र आदिवासी जनजाति महासंघ भवन निर्माणमा अनियमिता भएको उजुरीका आधारमा जिविस र नगरपालिकामा छापा मारेको जिविसका एक कर्मचारीले बताए । यस्तै जनजाति महासंघको क्षेत्रफलमा अवस्थित कम्पाउण्ड वाल, तार घेराबेरा, कोठाको साईज, पिलर, झ्याल ढोका लगायत सम्पूर्ण चेक जाँच गरेर गएको आदिवासी जनजाति महासंघ उदयपुर शाखाका सचिव केशव मगरले बताए । यस्तै पत्रकार महासंघको पनि भवनले चर्चेको क्षेत्रफल, कोठाको साइज, झ्याल, ढोका समेत चेक जाँच गरेर गएको स्रोतले बताएको छ । यस्तै जनजाति महासंघ र पत्रकार महासंघ भवन निर्माणको विषयमा एलडिओ पीताम्बर अधिकारी र नगर अधिकृत खड्ग बहादुर कार्कीको साथै आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष मोहन गोलेसँग पनि सोधपुछ गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप