नेपाली आकाशलाई सुरक्षित बनाउन एमालेको माग
काठमाडौँ – नेकपा (एमाले)ले नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालीकोटको चिलखायमा दुर्घटना भई चालक र सहचालकको मृत्यु तथा यात्रुहरु घाइते भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी चालक दलका सदस्य दुवैको मृत्यु र विमानमा सवार यात्रु घाइतेको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख छ । “विमान दुर्घटना जस्तो पीडादायी दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउन पुगेका चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको जतिसक्दो छिटो उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँछौँ”– विज्ञप्तिमा भनिएको छ ।
पार्टीले दुई दिन अगाडि मात्र पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको सोलीघोप्टेको भिरमा दुर्घटना हुँदा सवार चालक दलका सदस्य तथा यात्रुको मृत्युको घटना सेलाउन नपाउँदै पुनःअर्को दुर्घटनामा हुनाको यथार्थ जनसमक्ष ल्याउनुपर्नेमा जोड दिएको छ । नेपाली आकाशलाई सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै विमान दुर्घटनाका सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण