सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेतमै घाइतेको उपचार गर्ने अहेवको बयान : ‘ऐया–ऐया भनिरहे, बचाउन सकिँन’

शुक्रबार, १४ फागुन २०७२, २० : ००
शुक्रबार, १४ फागुन २०७२

शुक्रबार चिल्खाया स्वास्थ्य चौकीमा म विरामीलाइ जाँच गरिहेको थिए । अन्दाजी दिउँसो १२ बजेर ४५ बजेको थियो । एक्कासी अरु दिनको भन्दा प्लेनको ठूलो आवाज आयो । बाहिर हेर्दा प्लेन तल–तलबाट आएको देख्यौं । आज प्लेन सधैँ जुम्ला जाने रुट भन्दा फरक ठाउँबाट आइरहेको थियो । ढलपल ढलपल गर्दै आएको प्लेन केही बेरमा नै स्वास्थ्य चौकीबाट करिब दुई सय मिटर टाढा गहुँ खेतमा खस्योे । ठूलो आवाज आयो । हामी हत्तपत्त दौडियौं जहाज खेतमा ठोक्किएको रहेछ । म स्वास्थ्यकर्मी भएको नाताले विमान दुघर्टना भएको स्थानमा प्रथामिक उपचारको सामान सहित हताहतारमा दौडिए । परबाटै विमानको अवस्थामा देख्दा केही समय म आफै आत्तिए । त्यसपछि तुरुन्तै प्रहरी चोकीमा खबर गरेँ । विमानको नजिक पुग्दा ढोका आफैं खुलेको अबस्थामा रहेछ । त्यहाँबाट २ जना यात्रु आफैं बाहिर निस्केर बसेका रहेन्छन् । अन्य यात्रुहरु भने विमान भित्रै रहेछन् । स्थानियको सहयोगमा भित्र रहेका घाईतेहरुलाई निकाल्न लाग्यौं । खेतको कान्लामा विमानको अघिल्लो भागमा जोतिएको थियो । विमान चालक विमानभित्रै च्यापिएका रहेन्छन् । उनीहरुको स्थिति अलि नाजुक देखेर म यात्रीहरुभन्दा पाईलटलाई निकाल्ने प्रयास गर्न थाले । पाइलटलाई जसोतसो निकालियो तर कोपाइलट खुट्टा विमानको अघिल्लो भागले चपेको थियो । त्यही भएर निकाल्न सकिन्ने अबस्थामा नै थिएन । उनको विमानमै मृत्यु भइसकेको थियो । पाईलट न्यौपानेलाई च्यापिएको ठाउँबाट निकालेर खेतमा उपचारको गरियो । उनी, ‘ऐया–ऐया’ मात्रै भन्दै थिए । उनको टाउकोमा ठूलैचोट लागेको थियो भने दुबै खुट्टा समेत भाँचिएको थियो । बाहिर निकालेको एक घन्टासम्म ‘दुख्यो–दुख्यो’ मात्रै भन्दै थिए । हामीसँग प्राथमिक उपचार गर्ने बाहेक अरु अपकरण थिएन । डेढ घन्टासम्म उद्धार टोली आएन । त्यहीँ खेतमा उनको उपचारको क्रममा मुत्यु भयो । ‘हामीले सक्दो उपचार र्गयौं तर बचाउन सकिएन तर समयमै हेलिकोप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ?’ स्वास्थ्यचौकीका अन्य साथीहरुको सहयोगमा घाइते यात्रुको खेतमै उपचार गरियो । विमान भित्रबाट घाइतेहरुलाई वाहिर गहू खेतमै उपचार गर्न थाल्यौ । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक छ भने अन्य सबै होसमै थिए । घटनास्थलमा दुईघन्टा टाढाको पादमघाट प्रहरीचौकीबाट साढेदुई बजे असई सहित छ जना प्रहरीको टोली आईपगे । उद्धारमा सहयोग गरे । दुघर्टना भएको करीब ४ घण्टापछि हेलिकप्टरमा राखेर घाईते र मृतकलाई कोहेलपुर पठाइयो ।

घाइते यात्रु धर्मप्रसाद भण्डारीसंगको कुराकानी

उडेको ५ मिनेट नहुँदै नियमित उडान भन्दा फरक भएकाले पाईलट संग आज किन यस्तो तलतल उडेको भनेर प्रश्न गर्दा पाईलटले विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए । मलाई आज बाँच्ने भन्ने आशा समेत मरिसकेको थियो र म नर्भश भइसकेको थिए । आफु आज बाचिएला जस्तो लागेको थिएन्न भाग्यले बाँचियो । ‘जहाजको अवस्था ठीक छैन, तपाइँहरु नआत्तिनुस, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौं, हामी मरेपनि तपाइँहरुलाई बचाउँछौं’ मात्रै भनेका थिए । दुघर्टनामा परिहाल्यो । म भिटामिन ‘ए’ कार्यक्रमको लागी जुम्ला हिँडेको थिएँ ।

थप सामाग्री 

यस्तो देखियो एयर काष्ठमण्डप दुर्घटना भएको स्थल (फोटोफिचर)

अढाई घण्टासम्म पनि जीवित थिए विमानका एक चालक, समयमै हेलिकप्टर पुगेको भए बाँच्थे : उद्धारकर्मी 

प्रत्यक्षदर्शीको बयान : आँखै अगाडि विमान खेतमा ठोक्कियो, यात्रुहरु आफै बाहिर निस्के

काष्ठमाण्डप एयरको विमान दुर्घटना : सबैलाई बचाउन चाहन्थे तर आफै बचेनन्

गहुँबारीमा अवतरण गर्नुअघि क्याप्टेनले भनेका थिए, ‘तपाईहरु नआत्तिनुस्, हामी मरे पनि बचाउँछौं’

काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना : घाइतेहरुलाई कोहलपुर मेडिकल कलेज पुराइयो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप