नयाँ शक्ति कास्कीको संयोजकमा हेम बहादुर थापा
पोखरा – नयाँ शक्ति नेपालको केन्द्रिय परिषदको घोषणा भए लगत्तै बिभिन्न जिल्ला परिषदहरु पनि गठन गर्दै गएको छ । यसै क्रममा नयाँ शक्ति कास्कीले पनि हेम बहादुर थापाको संयोजकत्वमा १०१ सदस्यीय जिल्ला परिषदको घोषणा गरेको छ । यस भन्दा अगाडी नयाँ शक्ति निर्माण अभियान कास्कीको संयोजकको रुपमा टिकाराम पौडेल रहदै आएका थिए ।
नयाँ शक्तिको जिल्ला परिषदको पौडेलले नै नयाँ शक्तिको संयोजकको रुपमा थापालाई प्रस्ताव गरेका थिए । जिल्ला परिषदको बैठकको समापनसँगै नयाँ शक्ति कास्कीको कार्यलय श्रृजनाचोकमा भएको पत्रकार सम्मेलनमा हेमबहादुर थापाको संयोजकत्वमा भएको जिल्ला परिषद सदस्यहरुको नामावली सार्वजानिक गरेको थियो । शुक्रबार भएको पत्रकार सम्मेलनमा मार्फत केहि दिन अघि र आज जहाज दुर्घटनामा शहादत प्राप्त गरेकाहरुप्रति समबेदना प्रकट गरेको थियो । बैठकले सबै जिल्ला परिषदहरुको कार्यबिभाजन गरेको कास्की संयोजकका रुपमा चयन भएका हेम बहादुर थापाले बताएका छन् । परिषदकै बैठकमा यस अघिका संयोजक टिकाराम पौडेलले मान्युट हेमबहादुर थापालाई हस्तान्तरण गरेका बैठकमा सहभागी रिम बस्यालले बताए । पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका केन्द्रिय परिषदका सचिवालय सदस्य देबेन्द्र पराजुलीले नवनिर्वाचित जिल्ला संयोजकलाई बधाई दिदैँ भने –‘ नयाँ शक्तिले केन्द्रिय परिषदको घोषणासँगै सांगठानिक गतिविधीलाई पनि जोड दिदैँ आएको छ ।
अभियानको चरण सकेर संगठन निर्माणको चरणसम्म आईपुग्दा नयाँ शक्ति प्रति जनताको ठुलो आर्कषण छ ।’ कार्यक्रमको संञ्चालन नयाँ शक्ति केन्द्रिय परिषद सदस्य रुद्र भट्टले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण