युरोपा लिगमा म्यानचेस्टर र लिभरपुल भिड्ने
शुक्रबार, १४ फागुन २०७२, २० : ११
लण्डन – युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको अन्तिम १६ मा दुई इंलिस क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्ने भएका छन् । त्यस्तै प्रतियोगितामा टोट्टेनह्यामले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । त्यसैगरी भ्यालेन्सियाले स्पेनिस ला लिगाकै अर्को क्लब एथलेटिको विल्वाओको सामना गर्नेछ । अर्को स्पेनिस क्लब सेभियाले स्विचरल्याण्डको बसेल फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । युरोपा लिगको विजेता आगामी सिजनको च्याम्पियन्स लिगका लागि सोझै छनोट हुनेछ । प्रतियोगिताका अन्तिम १६ का खेलहरु १० मार्च र १७ मार्चमा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण