बेवारिसे अवस्थामा महिलाको कंकाल भेटियो
शनिबार, १५ फागुन २०७२, १२ : ५४
सिरहा – सिरहाको कमला नदी खण्डको इटारी पर्साही–१ मा एक महिलाको जलेको कङ्काल बेवारिसे अवस्थामा फेला परेको छ । शवको दुवै हातको हत्केला र खुट्टाको पैताला भने जल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अन्दाजी २०–२५ वर्षकी जस्तो देखिने शवको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । जल्न बाँकी रहेको भागमा हेर्दा गहुँ गोरो वर्ण, हात र खुट्टाको नङहरुमा सेतो क्रिम कलरको नङपालिस लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनास्थलमा रगतका छिटाहरु समेत देखिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाईभैँसी चराउन गएका गोठालाले नदी किनारमा कङ्काल देखिएपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण