सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मधेसको समस्या समाधान गर्न दलीय एकता आवश्यक : सभामुख

शनिबार, १५ फागुन २०७२, १२ : ५९
शनिबार, १५ फागुन २०७२

दाङ – सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक रहेको बताएकी छिन् ।

पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले मधेशवादी दलहरुको असन्तुष्टि संबोधन गर्नका लागि सबै दलबीच समन्वय हुनुपर्ने बताएकी हुन् ।

सभामुख घर्तीले दाङको हवाई सेवालाई नियमित गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

जनतालाई सूचनाको हक दिलाउन सक्रियतापूर्वक लाग्न उनले सञ्चारकर्मीलाई आग्रह गरिन् । कार्यक्रम पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप